विराटनगर, १८ फागुन । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई १० हजार १ सय ११ राशीको पुरस्कार प्रदान गरिएको हो । संघीय संसद राजेन्द्र गौतमले बुढाथोकीलाई पुरस्कार प्रदान गरे ।
कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार यसअघि तत्कालीन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिँदै आएको थियो । पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा पुरस्कृत भएका छन् ।


