इटहरी,२३फागुन ।
मोरङको सुन्दरहरैचा स्थित पुर्वाञ्चल बिश्वबिधालयका नवनियुक्त उपकुलपतिले गोठगाउमा पदभार ग्रहण  गरेका छ्न । गत फागुन २० गते नेपाल सरकारबाट नियुक्ति पाएका नव उपकुलपति प्रा.डा. कोइरालाले आज पदभार ग्रहण  गरेका हुन ।

पद ग्रहण  पछी प्रा.डा. कोइरालाले आफू नियुक्ति पछि बिराटनगरमा रहेको पुर्वाञ्चल बिश्वबिधालयको उपकुलपति कार्यलय मा तालाबन्धी गरेको कुरा सुन्न्मा आएको र अर्को कोठामा पदबहाली गर्ने सुझाव आएको तर म चौरमा ,मैदानमा गएर पदबहाली गर्ने मान्छे नभएको हुदा मैले गोठगाउमा रहेको  केन्द्रिय कार्यलयमा पदभार ग्रहण  गरेको हु' उनले बताए ।

नवनियुक्त उपकुलपति प्राडा कोइरालाइ पुर्वाञ्चल बिश्वबिधालयमा स्थानीय राजनीतिक दलका प्रतिनिहरु ,सुकुना क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा शिक्षा प्रेमी पितकुमार श्रेष्ठ ,बर्तमान क्याम्पस प्रमुख चन्द्र राई ,सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारी,बिश्वबिद्धालयका रजिस्ट्रार कल्पना थापा लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।

बिश्वबिधालय पुर्व उपकुलपति घनश्याम झाको ८ महिना अघि कार्यकाल सकिए पछि अर्को आदेश न आउन्जेल सम्म ३ महिना सम्मको लागि बिजु थपलियालाई उपकुलपति बनाइएको थियो ।

केन्द्रिय कार्यलय बिराटनगरबाट गोठगाउ सार्न लामो समयदेखि विवाद भइरको हुदा केहिदिन अघि प्रतिनिधि सभामा गोठगाउमा सार्ने बिधयेक पास भएको थियो ।