भूमिप्रसाद पाठक

पथरी,२७ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरी जिल्ला प्रहरी कार्यालय मोरङका लागि २०७६ चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी बन्न पुगेका छन् । पथरीमा दंगा फसादका घटनाहरू बढेसँगै उहाँ दोस्रो प्रहरी नायब उपरीक्षकको रूपमा उहाँ यहाँ कार्यरत हुनुहुन्छ ।

IMG_20200509_155016


प्रहरी नायब उपरीक्षकको तहको व्यवस्थापन भएसँगै दोस्रो व्यक्तिको रुपमा आएका गिरीले यस क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्नमा अभूतपूर्व विश्वास जगाएका छन् । फलस्वरुपः उनी पुरस्कृत हुन पुगेको कुरा विभिन्न राजनीतिक दलसम्बद्ध स्थानीय राजनीतिक कार्यकर्ता एवं सामाजिक अभियन्ताहरू बताउँछन् ।


अपराधका प्रकृति र आपराधिक मनोवृत्तिमाथि सुक्ष्म अध्ययन, अनुसन्धान र नियन्त्रणमा आफूलाई पृथक क्षमताका साथ उभ्याइरहँदा हामीमाथि आइलागेको कोरोना भाइरस संक्रमणविरुद्धको युद्धमैदानमा अघि–अघि देखिएको एउटा दृढ, निर्मल र निस्छल मनोवैज्ञानिक अस्त्र हुनुहुन्थ्यो प्रहरी नायब उपरीक्षक– दीलिपकुमार गिरी, ‘जिल्लाकै सर्वोत्कृष्ट प्रहरी’ को रूपमा सम्मानित हुनुभएको खबरले प्रसन्नता बढाएको राजनीतिकर्मी युवराज बास्कोटा सामाजिक सञ्जालमा लेख्छन् ।

बर्दी देखिने र समाजमा आतंक सिर्जना गर्ने मात्र होइन, समाजसेवाका दृष्टिकोणले पनि अब्बल देखिनुहुने उहाँलाई जिल्लाले जुन सम्मान गरेको छ, यसले हामीलाई समेत खुशी तुल्याएको छ भन्दै पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले अबका दिनमा पथरी शनिश्चरेभित्र सद्भाव र सहिष्णुताले भरिएको परिस्कृत सामाजिक संस्कृति निर्माण हुने बताउछन् ।


उहाँ डिएसपी गिरी यहाँ आएसँगै हाम्रो क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त राख्ने मामिलामा यहाँको जनमत र स्थानीय सरकारसँगै सहकार्य गरेकोमा खुशी व्यक्त गर्नुहुँदै यसरी प्रत्येकले सरोकारवालामाझ सहकार्य गर्ने हो समाजको मुहार सर्लक्कै फेरिने र सामाजिक समृद्धिको चौतर्फी ढोका खोलिने कुरामा विश्वास व्यक्त गर्नुहुन्छ पथरी शनिश्चरे नपा उपप्रमुख यमुना बिष्ट बास्तोला ।