केही समयदेखि भारतको दार्जीलिङमा नेपाली विद्यार्थीहरुको होटल म्यानेजमेन्ट अध्यन गर्ने संस्थाको रुपमा चिनिएको इम्पेरियल ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले नेपाली विद्यार्थीहरुलाइ सहुलियत शुल्कमा पढाउने भएको छ ।
१ बर्ष डिप्लोमा कोर्सको नेपाली रुपैया प्रती विद्यार्थी २ लाख लिदै आएकोमा यो बर्षको बैशाख देखी नेपाल रपैया १ लाख सत्तरी हजार रुपैया प्याकेजमा पढाउने भएको हो । त्यतीमात्र हैन खाने बस्ने सुबिधासहित प्याकेजमा समावेश गरिएको इम्पेरियलका प्रमुख सेफ जीवन क्षेत्रीले बताए ।

दार्जिलिङमा होटल म्यानेजमेन्ट अध्यन गर्दा फाइदा के छ त भनेर सोधेको प्रस्नमा सेफ क्षेत्री यस्तो बताउछ्न होटल म्यानेज अध्यन गरिसके पछि मुख्यकुरा त रोजगार नै हो तर होटलमा रोजगार प्राप्तिको लागि भाषा राम्रो हुनु पर्छ त्यसैले हामीले कोर्स संगै ब्रीटिस काउन्सिल को अङ्ग्रेजी भाषा पनि गराउछौ र हाम्रो कोर्स अंग्रेजी माध्यमबाट पनि हुन्छ । विद्यार्थीले रोजगारको राम्रो अवस्वर पाउँछन् ।
अर्को कुरा होटल इन्ड्ट्रीमा लामो समयदेखिको अनुभव भएको शिक्षकहरु हुनुहुन्छ त्यसकारण विद्यार्थीहरुले सिक्ने अवस्वर धेरै पाउछ्न। अध्यन गरिरहेको समयभित्रै विद्यार्थीहरुले बिचमा दार्जीलिङका फोर स्टार होटलहरुमा तालीम लिन पाउने ब्यवस्था मिलाएका छौ र आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुलाइ भारतका नाम चलेका विभिन्न होटलहरुमा निशुल्क तालीमको(इन्टर्न्शिप) ब्यावस्था गरेका छौ ।

अध्यन सकिए पछि रोजगारमा जाने विद्यार्थीहरु लाई त्यसको पनि ब्यावस्था गरिदिन्छौ । नेपालका शैक्षिक सस्थाहरुमा डिप्लोमा गर्दै गरेको विद्यार्थीहरुले तिर्ने शुल्कमा लगभग हामिले होस्टल सहितको सुविधा दिएको र विद्यार्थीहरुले नयाँ र रमणीय ठाउँमा यो अवस्वर पाउँदा खुशीका साथ पढ्न न आउने त कुरै भएन ? सेफ क्षेत्रीले बताए ।
दार्जीलिङको लिबोङमा अवस्थित यो ईन्स्टिच्युटमा हाल नेपालबाट ५० जना भन्दाबढि अध्यन गरिरहेका छ्न भने २२ जना बिद्यार्थी भारत ,मलेसिया , मोरिसस लगायतको देशका चेनहोटलहरुमा तालीम गरिरहेका छ्न ।



















