बेलबारी,९साउन । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ६   धैति खोलामा बनेको पक्की पुलको उद्घाटन गरीएको छ ।नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमका विच उक्त पुलको उद्घाटन गर्नु भएको हो ।उद्घाटन गर्नु हुदै नगर प्रमुख सुवेदीले यो पुलको निर्माणको लागत तथा सयमलाई हेरर अन्य वडाहरुले समेत सिक्नु पर्ने बताउनु भयो ।

FB_IMG_1595600290817

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नगरको विसकाका लागि दिनरात नभनि खट्ने भन्दै नगर प्रमुख सुवेदीले उज्यालो बेलबारी र समबृद्ध बेलबारी बनाउन सवैको सहयोग रेहेको समेत बताउनु भयो । ६ नम्बर वडाको ५ लाख नगरपालिकाको ८ लाख लागतमा उक्त पुलको निर्माण गरीएको थियो । पक्की पुल निर्माण भएपछि बासको अस्थाई पुल बाट आवत जावत गर्नु पर्ने बाध्यता हटेको छ ।

पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगर सम्म जानका लागि सहज भएको वडा अध्यक्ष उदय बहादुर राई (राजु)ले बताउनु भयो । पुल निर्माण भएसगै स्थानिय बासिन्दा समेत खुसि भएका छन । स्थानिय वासिन्दाले नगर प्रमुख सुवेदीलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।