काठमाडौँ, २६ साउन । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई कारोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएपछि मुखर्जीलाई दिल्लीको आर्मी अस्पतालमा भर्ना गरिएको एबीपी न्युजले जनाएको छ ।

पूर्व राष्ट्रपतिले ट्विटरमा लेखेका छन्, “म अन्य कुनै जाँचका लागि अस्पताल आएको थिएँ । मेरो कोरोना टेस्ट पोजेटिभ आयो । गएको एक हप्ता यता मेरो सम्पर्कमा अएका सबैलाई आइसोलेटसँगै आफ्‍नो टेस्ट गर्न आग्रह गर्छु ।”