• भूमिप्रसाद पाठक,

पथरी, ३१ साउन । कोरोना भाइरस फैलन नदिन सबै पक्ष संवेदनशील भएर लाग्नुपर्ने हुन्छ । यस्तो बेलामा स्थानीय सरकार र स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरु भने झनै संवेदनशील बन्नैपर्छ । 

कोरोना भाइरसले अाम मानिसलाई यत्रतत्र मनाेवैज्ञानिक हिसाबले समेत सताइरहेको बेला मोरङको पथरी शनिश्चरे नगरमा भने खास वास्था नभएको अधिकांश स्वाब दिनेहरुले अनुभव गरेका छन् । कोरोना भाइरस लागेको १४ दिनभित्र लक्षण देखिसक्ने विश्व स्वास्थ संगठनको मान्यता छ । सोहीअनुसार नगर, प्रदेश वा देशबाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म एकान्तबास अर्थात् क्वारेन्टाइनमा राखिएको अभ्यास रहँदै आएको छ ।

117391649_623061698633615_3051340434733392203_n

पथरीमा सम्पन्न एउटा कार्यक्रममा अाएमा व्यक्ति संक्रमित भएको केहि दिनपछि मात्र खुल्यो । संक्रमित व्यक्ति कार्यक्रममा सहभागी भएको थाहा भएपछि पथरी बजार सहित सबैतिर त्रास फैलिनु स्वाभाविक हो । साउन १७ गते भएको कार्यक्रममा संक्रमित व्यक्ति भएको खुलेपछि पथरी शनिश्चरे नगरपालिकाको पहलमा २४ गते बिहानैदेखि ९५ जनाको स्वाब संकलन भएको थियो । स्वाब संकलन भएको ६ दिन बितेपछि अर्थात् संक्रमित व्यक्तिसँग कन्ट्याक्ट् भएको १५ दिनमा शुक्रबार (साउन ३० गते) बल्ल रिपोर्ट आयो । यो भाइरसविरुद्ध हालसम्म प्रभावकारी कुनै औषधि आइसकेको छैन ।

117445296_357137035284370_7938236794952823321_n


त्यसैले संभावित संक्रमितमा भाइरस भए/नभएको चाँडो पत्ता लगाउन पीसीआर परीक्षण गर्ने हो । संभावित संक्रमित व्यक्तिमा भाइरस भए अरुलाई नसरोस् भन्ने उद्देश्यले संक्रमित व्यक्तिलाई आइसोलेसनमा लान पीसीआर परीक्षण गर्ने र रिपोर्ट चाँडोभन्दा चाँडो ल्याउने प्रयत्न गर्नुपर्दछ । नगरको पहलमा पथरीमा जुन खालको त्रासका बीच पीसीआरको लागि स्वाब संकलन भयो रिपोर्ट लिन भने पर्याप्त ध्यान दिएको बिल्कुलै देखिएन । चौतर्फी दबाब आउन थालेपछि संक्रमित व्यक्तिसँग कन्ट्याक्ट् भएको १५ दिनमा बल्ल रिपोर्ट आयो ।

धन्न परीक्षणमा पठाएको ९५ जनाकै रिपोर्ट नेगेटिभ आयो । कसैको पोजेटिभ आएको भए बिरामी आफै समस्यामा परिसक्ने र अरुलाई सरिसकेको हुन्थ्यो । एक-दुई जनामा मात्र पोजेटिभ आइदिएको भए पथरी शनिश्चरे नगरमै भयावह स्थिति आउथ्यो । यो मानवीय संवेदनशील अवस्थाको समेत ख्याल नगरी संक्रमित व्यक्तिसँग कन्ट्याक्ट् भएको १५ दिनमा रिपोर्ट लिनु आफैमा लज्जास्पद विषय हो भन्दा अनुपयुक्त र अनुचित नहाेला ! जिम्मेवार व्यक्तिले के-कति जिम्मेवारीबोध गरे, कत्तिको गम्भीरता प्रकट गरे पछिल्लो यो भयावह अवस्था उद्धृत घटना नै पर्याप्त छ । कसैलाई पनि कोरोना भाइरस लागेको भए परिणाम के हुन्थ्यो हाेला !

त्यो सम्बन्धित व्यक्तिले सावधानी अपनाउने समयको दृष्टिकोणले हेर्दा १५ दिनमा यो रिपोर्ट अाउनु र लिनुको कुनै अर्थ रहन्छ र ? रहँदैन । पीसीआर परीक्षणको लागि स्वाब दिएका स्थानीय सामाजिक व्यक्ति युवराज बास्कोटा चारदिन पछिदेखि भौतिक र सामाजिक सञ्जालमार्फत रिपोर्ट तुरुन्त ल्याउन दवाब दिँदै आएका थिए । जनसराेकारका विषयमा नेकपा नेतृत्वको सरकारले केही गरेन भनेर कुत्सीत मनाशयका साथ यो सन्देश दिएको हुन सक्ने, सरकारी अस्पतालको विकल्पमा निजी अस्पताल व्यवसायीलाई पराेक्ष ढंगले सहयोग गरेको हुन सक्ने र संघीय सरकारका स्वास्थ्यमन्त्री समेत यहीँ क्षेत्र सम्बन्धित रहनुभएकाेले उहाँलाई खुइल्याउन पनि यस्तो भएको हुन सक्ने उनको दावा सामाजिक सञ्जालमा रहँदै अाएकाे थियोे ।

हरियाली सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मगर, पूर्व अध्यक्ष रिता गिरी, पत्रकार भूमिप्रसाद पाठक, ईश्वरी दुलाललगायतले पनि दैनिकजसो पथरी अस्पतालका स्वास्थ्य कर्मचारी मुरारी आचार्य, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलाई सम्पर्क गर्दै रिपोर्टको अवस्थाबारे बुझ्दै आएका थिए । पथरीको स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँगै स्वाब दिनेहरुले १ नम्बर प्रदेश मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख पथरी घर भएका रामकुमार बस्नेतलाई समेत रिपोर्ट चाँडो पठाउन तारैतार फोन गर्न थालेका थिए ।

कोभिड अस्पताल विराटनगरको ल्याबमा परीक्षणको लागि बढी नै स्वाब रहेको कारण ढिला भएको उत्तर आउने गरे पनि पथरीमा जुन हिसाबले सनसनी मच्चाइएको थियो, त्यो अनुसार रिपोर्ट लिन प्रयत्न नपुगेको युवराज बस्कोटाको भनाइ छ । २६ गते संकलित स्वाबकाे २८ गते रिपोर्ट अाउछ छिमेकी लेटाङमा । यस्तो किन भयो त ? स्वाब दिनेहरुको चौतर्फी दबाब र भौतिक रुपमा समेत उत्रिने अवस्था आएपछि मात्र रिपोर्ट ल्याइएको उनको भनाइ छ ।

यो पटक रिपोर्ट लिन भएको ढिला सुस्ती हेर्दा साँचै पथरीमा कोरोना भाइरसले महामारीको रुप लियो भने यस्तो चालाले नियन्त्रण गर्न सकिन्छ गत्तिलाे प्रश्न उब्जाएको छ । निराशा समाजमा याेसँगै स्थानीय राजनीतिक नेतृत्व सामेल काेराेना नियन्त्रण एवं व्यवस्थापन कमिटीले के गर्न सक्छ ? परिणाममा हेर्न बाँकी छ ।