अनलाइन सगरमाथा ,श्रावण ३१, २०७७

केही दिन पहिले प्रधानमन्त्री खड्गप्रसाद ओलिले राम मन्दिर बनाउने चाजो पाजो मिलाउनु हुदै थियोे । त्यसै समयमा मुलुक कोरोना महामारीमा डुब्दै थियो । सो महामारीवाट छटपटाएका जनताहरु कोहि आत्महत्या  गर्दै थिए त कोहि अस्पतालमा उपचार नपाएकै कारण अकालमा ज्यान गुमाउँदै थिए ।

त्यसै बखत म त्यही पार्टीको नियमित लेवि बुझाउने ईमानदार पुर्बक पार्टीको काम गर्ने । पार्टी र जिवनलाई जोडेको मान्छे । पार्टीका अराजक ,बेमानहरुको खेलको शिकार भएको मान्छे । लामो समय देखि त्यो पार्टीको वा जहाँ त्यही समाजमा हुने गल्ती कमिकमजोरी र बेइमानीको सकेसम्म प्रतिकार गर्ने । समाजमा विधि स्थापित गरिनु पर्छ भन्ने सोच बोकेको निरीह मान्छेले एउटा बिचार शेयर गरेको थीए ।

सायद त्यसको प्रभाव हुन सक्छ भनौ वा समय सन्दर्भ मिलेको भनौ । स्वास्थ्य मन्त्री ज्यूले मेरो नजिकै हुने गरि ब्यवारिसे छाडिएको अलपत्र पारिएको ठाउँको सदुपयोग हुनेगरि प्रदेश संसदलाई साक्षि राखेर नमुना अस्पताल बनाउन लाग्नु भएको समाचार,सुचनाहरु आएका छन् । त्यसवाट हर्षित म त छदैछु तर त्यहाँ त्यस अस्पताल निर्माण पश्चात् निकट भविष्यमा यस सुन्दरहरैचा क्षेत्रका जनता तथा वरपरका जनताले पाउने बिभिन्न सेवा सुविधाहरुको ब्याख्या गरि नसक्नु हुनेछ ।

यो कोरोना महामारी जस्तो भविष्यमा अरु महामारी देखिएमा त्यसको अनुसन्धान तथा त्यस सम्बन्धमा जनताले सरल सहज स्वास्थ्य सेवा पाउन सक्ने बिश्वास यो क्षेत्र अथवा मन्त्री ढकालका क्षेत्रका जनताले लिएका छन् । सबैलाई थाहा छ । अहिले यो महामारीमा जनताले स्वास्थ्य सेवा पाउन कठिन हुन थालेको छ ।

अस्पतालहरुमा बेड तथा भेन्टीलेटरहरुको कमि रहेको हुदैगएको छ । त्यस त्यो अभाव अझै खड्कदै जाने सुनिश्चित छ । अझै अप्ठ्यारा दिनहरु हामी नेपालीले भोग्नु पर्ने छ । यस्तो अवस्थामा अहिले आएमा जसोतसो झेलिएला तर यो अस्पताल यदि बनेछ भने पछिल्ला पिढीहरुलाई पक्कै राहात मिल्ला ...!
धन्यवाद स्वास्थ्य मन्त्री ज्यू ।

यहा क्लिक गर्नहोला थप समाचार हेर्न 

https://www.facebook.com/315467178889801/posts/999694307133748/