इटहरी १३ भाद्र । मोरङ्ग को गछिया खोला बाट प्रहरी ले ५ वोटा ट्रयाक्टर नियन्त्रण मा लिएको छ । प्रहरी चौकी गछिया को प्रहरी नायब निरीक्षक बलदेब सुबेदीको नेतृत्व मा गएको टोलीले सनिबार बिहान ३ बजे पक्राउ गरेको हो ।
अबैध रुपमा उत्खननमा प्रयोग गरिएको कारण ट्याक्टर पक्राउ गरिएको प्रहरीले बताएको छ । नियन्त्रणमा लीइएका ट्याक्टरहरु कुन्दन ढुंगाना को को २ त ६९१९ ,रोशन चौधरीको को २ त ९०१५ , मिनकुमार कार्कीको को २ त ३५३२, बिनोद कार्की को,७८९६ र हरि सिग्देलको रहेको प्रहरी नायब निरीक्षक बलदेब सुबेदीले बताए।
नियन्त्रणमा लिइएका ट्याक्टरका चालकहरु फरार रहेकाले प्रहरीले चौकीसम्म ट्याक्टर राखेको र आवश्यक कारवाहीका लागि नगरपालिका पठाउने तयारी गरेको प्रमुख सुवेदीले जानकारी दिए । सुन्दरहरैचा नगरपालिका -३,४,६ स्थित खोला किनारबाट बालवा र मिक्स गिट्टी लोड गर्दै गरेको अवस्थामा ट्याक्टरहरु फेला परे पनि चालक र ट्याक्टरका मजदुरहरु प्रहरीलाई देखेपछि फरार भएका थिए ।
सो टोलीले अवैध उत्खनन गरेर नदिजन्य पदार्थ लोड गर्दै गरेको अवस्थामा शुक्रबारपनि सुन्दरहरैचा-७ स्थित गछिया खोलाबाट को १ त ६९४९ नम्वर को ट्याक्टरलाइ नियन्त्रण मा लिएको थियो ।



















