काठमाडौं, १५ भदौ । हिजो आज साँझ करिब ५ बजेतिर दृष्टि स्तम्भकार रमेश घिमिरेमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । स्तम्भकार घिमिरेका अनुसार, काठमाडौं महानगरपालिका वडा नं ५ लामोढुंगामा एउटा बा१५च ६६२३ नम्बरको सेतो मिडियाको स्टिकर टाँसिएको कारले ठूलो आवाजका साथ ब्रेक लगाउँदछ र कारभित्रबाट ठूलो कोलाहलको आवाज आएपछि कार रोकिन्छ ।

स्वभावतः पत्रकार भएको नाताले कुन मिडियाको गाडीरहेछ भनी बुझ्न स्तम्भकार घिमिरे घर अगाडि रहेको घटनास्थलमा पुग्दछन् । त्यसबीच अन्य प्रहरी दलबदलका साथ गहनापोखरी प्रहरी बिटका इन्चार्ज सई दीपक बोहरा आइपुग्दछन् । स्तम्भकार घिमिरेलगायत त्यहाँ उपस्थित आम जनसमुदायले प्रेसपास चेक गर्नुस् भनी सईलाई अनुरोध गर्दा तपाईँहरु को हो सोध्ने भनी घिमिरेमाथि दुव्र्यवहार गरेको बताउनुभयो ।

यसैबीच कार चालक कुशल खड्काले आफ्नो कारमा टाँसेको मिडियापर्सन लेखेको स्टिकर हटाएर घिमिरेमाथि जाइलाग्दासमेत प्रहरी मुकदर्शक भइ खड्काको पक्ष लिएको घिमिरेले बताउनुभयो । सई बोहराले प्रेसपास चेक जाँच नगरीकन सो गाडीलाई छोडिदिएका थिए ।

घटनाको लगभग एक घण्टापछि मालीगाउँ प्रहरी वृत्तका डिएसपी खुमलाल भुसालले स्तम्भकार घिमिरेसँग प्रहरीद्वारा भएको व्यवहारप्रति क्षमायाचना गरेको उहाँले बताउनुभयो । सो गाडीमा एक महिला र एक पुरुष मादक पदार्थसेवन गरेको अवस्थामा थिए ।