फुटुङ डाँडागाउँबाट प्रहरीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका वर्ष २८ को होम बहादुर तामाङ र रसुवाकै वर्ष २८ को आइते तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले २४ लाख बाग्रेनिङ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा बाघको छाला कारोबारी हुने गरेको खबर पाएपछि प्रहरीले नार्गाजुन जंगल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको बालाजु वृतका प्रमुख बालनर सिहं राणाले जानकारी दिए ।
उनीहरुको साथमा ५ जना थिए । अन्य ३ जना भागेको बताइएको छ । पक्राउ परेका उनीहरुलाई बालाजु वृत्त ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।




















