विराटनगर,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला नेताहरु अभिषेक राय र विकास महतोलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई पार्टीका ठूला नेताहरुको संरक्षण पाइएको छ ।

रकम असुलीका नाइके राय अनेरास्ववियूका विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन । हतियार बेच्ने महतो सोही संगठनको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य, पुसेट क्याम्पस कमिटीका अध्यक्ष तथा पूर्वान्चल विश्व बिद्यालय केन्द्रिय कमिटी सदस्य सम्मको जिम्मेवारीमा छन् । अनेरास्ववियूको आवरणमा उनीहरुले लामो समयदेखि अपराधिक गतिविधि गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका दुवै जना अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य वसिम आलम निकट व्यक्तिहरु हुन् । आलम नेतृत्वमा चलिरहेको असहायलाई निशुल्क खाना खुवाउने अभियानमा समेत उनीहरु जोडिएको थिए । अपराधिक गतिविधिबाट कमाएको पैसा समाजसोवमा लगाएको समेत देखिएको छ ।

118679196_339891097377813_7355324178958816370_n

पक्राउ परेकाहरुले प्रहरीसँग समेत सम्बन्ध बढाएका थिए । अभियुक्त महतोले ईलाका प्रहरी कार्यलय रानीबाट कदरपत्र समेत प्राप्त गरेको खुलेको छ । प्रहरीको उच्च अधिकारीहरूको स्वागत र बिदाईमा मात्र सरिक हुने नभै उनीहरूले प्रहरीलाई विभिन्न सहयोग समेत गर्दै आएका थिए ।

आलम संचालक रहेको ट्रु बुइल्ट नामक निर्माण कम्पनीसँग जोडिएका उनीहरू पेटी ठेकदारको रूपमा पनि काम गर्दै आएका थिए । समाजमा समाजसेवीको छवि बिकास गर्दै आएका उनीहरूले प्रहरीका उच्च अधिकारी र इमान्दार नेताको छवि बनाएका पूर्व मन्त्री लालबाबु पण्डितसँग पनि निकट सम्बन्धको बिकास गरेका थिए ।

पूर्वमन्त्री पण्डित विराटनगर आउँदा आलमकै साथमा अघिपछी हिड्ने गरेका उनीहरूलाई छुटाउन पनि अहिले राजनितिक दवाव आएको प्रहरी अधिकारी बताउँछन् । उनीहरुले समूह नै बनाएर असुली धन्दा चलाउदै आएका थिए । हालसम्म पाँच जना पक्राउ परिसकेको मोरङ प्रहरीका एक अधिकारीले बताए ।

विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबर्साइन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गुट्खा, चामल, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेका थिए । प्रहरीका अनुशार व्यापारीले दुई पटक गरि ५ लाख रुपैयाँ दिएका थिए ।

व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट उनले लिएका थिए ।

६ राउण्ड गोली खरिद गरेर ल्याएकोमा तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि उनलाई तर्साउन उनीहरुले पड्काएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यापारीको घरको पर्खालमा पेस्तोलबाट चलेको गोलीको दाग भेटिएको छ ।

बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका विधि विज्ञान प्रयोगशालामा परिक्षण हुने प्रहरीले जनाएको छ । उनीहरू पक्राउपछि अनुसन्धान गर्ने क्रममा मोरङ प्रहरीले पेस्तोल बिक्री गर्ने विराटनगर– १२ का २६ वर्षीय विकास महतोलाई समेत बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेकालाई छुटाउन नेकपाकै नेताहरुले दबाब दिन थालेको प्रहरी स्रोत बताउँछ । यो घटनाले विराटनगरमा नेकपाके बेइज्जत भएको छ । पक्राउ परेको गिरोेहको परशुराम बस्नेतसँग समेत निकटता रहेको स्रोत बताउँछ । आलम र बस्नेतले विराटनगरम ग्याङ नै रहेको प्रहरीको भनाई छ ।दृस्टी बाट