बेलबारी,२६भाद्र / बेलबारी नगरपालिकाले महामारीको समयमा समेत न्याय सम्पादनको कार्यलाई निरन्तरता दिईरहेको छ।सुक्रबार विवाद समाधान अर्थात मेलमिलापका क्रममा न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर ढाका कुमारी पराजुलीले लकडाउनका समयमा पनि न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिईरहेको बताइन् ।

IMG_20200911_193746


हिंसा र विवाद अन्य समयमा भन्दा लकडाउनको समयमा दोब्बर बढेको छ।पीडितहरु कतै श्रीमानले कुटेर घर बस्न पाइनं भनेर रुँदै आउँनुहुन्छ,कोही ज्येष्ठ नागरिक सन्तानले हेरेनन् न्याय दिनुहोस् भन्दै आउनुहुन्छ,सम्बन्ध विच्छेद भइसकेका बाबुआमाका सन्तान सगोलको सम्पत्ति थाहा नपाई बेचिंदैछ नाबालकको हक सुनिस्चितताका लागि घरजग्गा रोक्का गरिपाउँ भनेर असह्य पीडा लिएर आउनु हुन्छ।महामारी छ लकडाउन छ भनेर म चुपचाप उहाँहरुको समस्या वेवास्ता गर्न सक्दिनँ।

IMG_20200911_193714

यसो गर्न त मेरो जिम्मेवारी र जवाफदेहिताले पनि त दिँदैन नि।त्यसैले आफू जोखिममा रहेर पनि पीडितलाई न्याय दिन चुकेका छैनौँ- उपमेयर पराजुलीले भनिन् । भीडभाड नहुने गरि स्वास्थ्य सुरक्षाका आधारभूत प्रक्रियाहरु तथा विधिहरु अपनाएर भएपनि नगरपालिकाको न्यायिक समितिले पीडितले वास्तविक न्यायको प्रत्याभूति गर्नेगरी काम गर्ने काम गर्ने गरेको न्यायिक समिती समेत रहेकी पराजुलीले बताएकी छन्।

हालसम्म न्यायिक समितिमा दर्ता भएका विवादहरु र समितिमा आउने सेवाग्राहीहरुको चहलपहल हेर्दा बेलबारी धेरै विवाद दर्ता हुने नगरपालिकामा पर्छ।समितिकी उजुरी प्रशासक तारा भट्टराईका अनुसार मुद्दा धेरै आए पनि न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेका कारण थोरै विवाद प्रक्रियामा रहेका बाहेक अधिकांश विवादहरु किनारा लागिसकेका छन् ।

IMG_20200911_194657

 

बेलबारी नगरपालिकाको न्यायिक समिति सुरुवातका दिनमा अर्थात समिति गठन हुनेबित्तिकै स्थानीय तहहरुमध्ये देशमै पहिलोपटक सम्बन्ध बिच्छेदको सम्पूर्ण काम किनारा लगाएर स्थानीय सरकारबाट नै पहिलोपटक सम्बन्ध बिच्छेद गरेर चर्चामा रहेको थियो।हाल उक्त कानुन परिमार्जन भएको छ।