रबिन भण्डारी

विराटचोक,२७भाद्र।मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४५ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । एक्कासी लक डाउन भयो। महिना अघिसम्म ठेला चलाउँथे । तर सिटी सफारी र अटोले गर्दा उनको ठेला चलेन त्यसपछि ठेला बेचेर दैनिक ज्यालादारीमा काम सुरु गरेका उनको काम लकडाउनले रोक्यो ।

हुनेखानेलाई त लक डाउन ले खासै असर गरेन तर वास्तवमा गरीब निमुखा दिनभरि काम गएर बेलुका एक छाक टार्ने परिवारको पेट भर्न धौधौ पर्यो। स्थानीय सरकार, सङ्घ संस्थाले विभिन्न राहत वितरण गरे तर वास्तविक पीडितको घर आगन सम्म पुगेन।


परिवारलाई छाक खुवाउन र एकसरो लगाउन बाध्यताले , विदेश जान लागेकी श्रीमतीलाई दलालले कुवेत भन्दै दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र उनकी श्रीमती दिल्लीमै अलपत्र परिन् । दैनिक ज्यालादारी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो। छोरा कवाडी बोतल,फलाम,लगायत भेला पार्दै दुई चार पैसा कमाउँछन्।


छिमेकिका अनुसार लकडाउन भएको पाँच महिना सम्म संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर, थाल, बोटुका, घरमा बारेको टिन समेत छोरा छोरीको पेटमा माड लगाउन बेचे । त्यतिञ्जेल पनि काम कहीं कतै काम पाएनन् । अशोकले मंगलबार घरमा नै झुण्डिएर आत्महत्या गरेपछि उनका १७ र १५ वर्षकी २ छोरी र १३ वर्षका १ छोराको बिचल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ । उनी पनि एक होटलमा भाडा माज्दै जीवन गुजारा गर्दै आएकी छिन्।


मृतक दर्जीका दाजुभाइहरु सबै बेपत्ता रहेको र मृतक माइला छोरा भएको उनकी आमाले बताइन्।आमा कान्छी छाेरी संग बिर्तामोडमा भाडामा नै बस्दै आएका रहेछन्। छोरीले कपडा पसलमा सामान्य काम गएर आमालाई पाल्दै आएको कुरा नि खुल्नमा आयो।
स्थानीय छिमेकीहरुका अनुसार ‘सबै संग१०/१५ रुपैयाँ सहयोग संकलन गरेर १ केजी चामल किनेर पोष्टमार्टम पछि दाहसंस्कार गरियो ।’ 

______________________________________________________________________________________________