मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । शैक्षिक कार्य अघि बढ्ने छ । कुटुम्बको साथ पाइने छ । कार्य सम्पादनमा सहजता पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्ने छ, तर साँझमा खर्च बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । अचल सम्पती हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । परिवारिक सद्भाव बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । बित्तीय संस्थाबाट सहयोग पाइने छ । प्रेमीको सहयोग पाइने छ । आत्मिक सन्तुष्टी मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिने छ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख, सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बित्तीय संस्थाबाट सहयोग पाइने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट मान सम्मान पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल