कैलाली, २८ भदौ ।
कञ्चनपुरमा कार्यालयमै इन्सपेक्टरु सहितका प्रहरीमाथि कुटपिट भएको छ। जुवाडेलाई पक्राउ गरेको विषयलाई लिएर स्थानीयले कार्यालयमै गई प्रहरीलाई कुटपिट गरेका हुन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) वकिल बहादुर सिंह सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिंहले घटनाको छानबिन भइरहेको बताए । तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका छन् ।