काठमाडौं । आज बिहान सखारै गएको भूकम्प ६ रेक्टर स्केलको भएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्पको केन्द्र सिन्धुपाल्चोक जिल्लाकाे राम्चे हाे ।
काठमाडौं उपत्यका सहित सम्पूर्ण मध्यमाञ्चल तथा पूर्वाञ्चल क्षेत्रमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो । बिराटनगर र धरानमा समेत भूकम्पको धक्का महशुस गरिएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीमा पनि भूकम्पको धक्का महशुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन् । अर्घाखाँची, गुल्मी र पाल्पामा पनि भूकम्प महशुस भएकाे त्यहाँका स्थानीयले बताएका छन् ।
भूकम्पपछि काठमाडौंमा धेरै ठाउँमा मानिसहरु घर बाहिर निस्किएका थिए । धेरै समय पछि मानिसहरु घर बाहिर निस्कने स्तरको भूकम्प गएको हो ।


