काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएकाे छ ।

बिहीबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी माेदीलाई ७०औं जन्मदिनको शुभकामना दिनुभएकाे हाे । प्रधानमन्त्री ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना पनि गर्नु भएकाे छ ।

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्धलाई अझ सुदृश बनाउन मिलेर काम गर्ने पनि उल्लेख गर्नुभएकाे छ ।

उहाँले ट्वीटमा लेख्नुभएकाे छ - 'प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन, म तपाईंलाई राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु, हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं ।'

Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness.

We will continue working closely together to further strengthen relations between our two countries.

— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020