मिक्लाजुङ,२ असोज। मोरंग स्थित मिक्लाजुङ ३ को कालिका सामुदायिक माध्यमिक विद्यालयले भित्ते पत्रीका प्रकाशन गर्ने भएको छ । कालिका माविको सिभिल इन्जिनियरिङ विभागले ‘‘गोरेटोमा अभियन्ता’’ नामक भित्ते पत्रीका संविधान दिवशको अवसर पारेर प्रकाशन सुरुगर्ने भएको हो ।
बन्दाबन्दीको समयमा समेत बालबालिकालाई चलायमान बनाउने उद्देश्यकासाथ सो भित्ते पत्रिकाको प्रकाशन सुरुगरीने भएको सिभिल विभागका प्रमुख इन्जिनियर सुजन खड्काले बताए । विभागका प्रमुख इन्जिनियर खड्काले यसकार्यले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताए ।

कोरोनाको त्रास र लामो समयको बन्दाबन्दीले वाल मष्तिस्कमा पर्न सक्ने नकारात्मक प्रभावलाई रोक्न र विद्यार्थीलाई साहित्यप्रति आकर्षण बढाउन पनि यस कार्यले महत्वपुर्ण भूमिका खेल्ने विभगका अर्का शिक्षक जनक खड्काले बताए ।
प्रमुख इन्जिनियर खड्काको सक्रियतामा मिक्लाजुङ गाउँ पालिकामानै पहिलो पटक डिजिटल प्रविधिका माध्यामबाट कालिका सामुदायिक मा.वि मा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको थियो । प्रविधिको प्रयोगकासाथै सैद्धान्तिक र प्रयोगात्मक दुबै शिक्षण प्रणालीलाई विभागले जोड दिएको छ ।
देशमा दक्ष प्रविधिको अभाव खड्किरहेको वर्तमान अवस्थामा विभागको सम्पुर्ण ध्यान कालिकामा उत्पादित प्राविधिक जनशक्तिले भोलिको देश विकासमा सहयोग पुर्याउन सकोस भन्ने उद्देश्य रहेको इन्जिनियर खड्काले जानकारी दिए ।
खड्काका अनुसार विभागले वैशाख महिनाबाटनै वैकल्पिक सिकाइ अन्तरगत अनलाइन पठनपाठन पनि निरन्तर चलाइ रहेको छ । आगामी दिनमा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिनका लागि निकै मेहेनतका साथ विभागको आफ्नै व्लग समेत निर्माण गरेको खड्काको भनाइ छ ।
यो भित्ते पत्रीका पढ्न तलको लिंक दबाउनु होला
यस कार्यले पहिले वहुचर्चित रहेको तर अहिले ओझेलमा परेको भित्ते पत्रिकाको महत्वलाई स्थापितगर्दै विद्यार्थीलाई सिर्जनशिल बनाउन कार्यले ठुलो योगदान पुर्याउने खड्काको भनाइ छ ।




















