___________________________महेश आचार्य

नेपालमा रेलका सम्बन्धमा धेरै खाले ईतिहास रहेछन् । राणा जिहरुले पनि कुदाएका रहेछन् तर खोइ त्यो ? कुखुरीकाँ बासि भात खाँ । खोई बासिभात बिरालोले खायो खोई.........खोइ खोलो छ्याप्पै सुक्यो जस्तै त भा थिएन त्यो रेल अवको रेलको हाल कस्तो होला ? हामी नेपालीले चिन्ता लिने कि नलिने होला । अवश्य लिनु पर्छ नेपाली भुमिमा छिमेकी मुलुक भारत तर्फवाट बेला बखत रेल आएको कुदेको ईतिहास रहेछन् । पहिला के भयो अब त्यता नजाउ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री कम्रेड के पि ओलीको रेलको रटान र रेल जस्तो यतायात मुलुकमा शुरु गर्नु सके त्यसवाट देश र जनताले लिन सक्ने फाईदा राम्रोसंग महशुस गरेरै होला रेल २०७७ असोज २ गते हाम्रो देशको सम्पत्तिको रुपमा जनकपुर आएर बाँस बसेको छ। यो जनकपुर आएको रेल बेईमान नगरि भन्नू पर्दा प्रम ओलीले देख्नु भएको सपना नै हो । यो रेलगाडी हामी नेपालीहरुको लागि कम खुसिको कुरा पक्कै पनि हैन । रेलले अवसरहरुको श्रृजना त पक्कै गर्ने छ तर चुनौतीलाई नजर अन्दाज गर्नु सकिन्न । तत्कालीन शाहि वायु सेवा र थाई एयर एकै साल स्थापित भएको रहेछ थाई एयरले संसार खायो । विचरा पहिलेको शाहि अहिलेको नेपाल एयरले आफैले आफैलाई खायो ......यस्तो नहोस् नेपाल रेल .......!
केही अवसर र चुनौतिहरु

अवसरहरु :-

१.सुलभ,सुरक्षित आरामदायी यातायत सेवा उपयोग गर्नु पाईने ।
२.आर्थिक अवसरहरु श्रृजित हुने पर्यटन उधोगमा कोसेढुङ्गा सावित हुने सक्ने ।
३.रेल चड्न मनहुनेहरु भारत जान नपर्ने ।
४.नेपालको तराई क्षेत्रमा पुर्ब पश्चिम दुर्त रेल मार्ग स्थापित हुन सके करौडौ भारतीय नागरिकहरु समेत उदाहरणका लागि भारतको पञ्जाव,हिमाञ्चल प्रदेशवाट पश्चिम बंगाल र पश्चिम बङ्गालवाट पञ्जाव,हिमाञ्चल जानुको लागि यो मार्गको रेल प्रयोग गर्नु सक्ने त्यसवाट पर्यटन तथा यो अाफैमा उधोगको रुपमा बिकशित हुदै जाने ठुलो सम्भावना रहेको ।
५.ढुवानीका लागि सुरक्षित र सुलभ साधन ।
६.आन्तरिक पर्यटन र ब्यापारमा उलेख्य बृद्धि हुने छ ।
७.अन्तराष्ट्रिय बजारमा सहज पहुच बिशेषत भारतसंग व्यापार र जनस्थरमा सम्बन्ध विस्तार हुने छ ।
८.रोजगारीको श्रृजना हुनुका साथै रोजगार मुलक नयाँ उधोग ब्यवसायको स्थापना ।
९.राजश्वमा बृद्दि । लगाएत अन्य धेरै रेलले ल्याउने अवसरहरु हुन ।

चुनौतिहरु :
१.यथासिघ्र अन्य ठाउँहरुमा लामोदुरीका रेल लिकहरु बिस्तार गरि रेल संञ्चालन गर्नु पर्ने । अन्यथा यो रेल यातायात अौचित्यहिन सावित हुन सक्ने ।
२.यो सरकारको सम्पत्ति भएको हुदा यसको हिनामिना नासमास हुनवाट सबै नेपाली,नेपाल सरकारले विशेष ध्यान दिनु पर्ने ।
३.नेपालमा जाहाजका चक्का चोरि हुन्छन् जहाँ सेना पुलिसको घेरा हुन्छ । तर पाखा पाखा रहने यो रेल असुरक्षित हुने पक्का पक्की छ त्यसको पुर्ण सुरक्षा उपाय अपनाउनु पर्ने ।
४.रेल प्रयोग गर्नु नजान्दा हुने रेल तथा जनधनको सम्भावित क्षति कम गर्नुको लागि अग्रिम तयारी तथा सतर्कता अपनाउनु पर्ने ।
५.यात्रुहरुवाट जानेर वा नजानेर त्यो सुविधा सम्पन्न रेलमा पुग्न सक्ने क्षेतिको शुरुका दिनहरुवाट नै विशेष योजना वनाई सुरक्षित गर्नु पर्ने ।
६.नेपाल रेलका सम्वन्धमा कडा भन्दा कडा कानुन वनाई कडाइका साथ लागू गर्नु पर्ने ।
७.रेललाई नेपालको भ्रष्टचारमुक्त सरकारी उधोगका रुपमा स्थापित गर्नु पर्ने ।
८.भरततिय रेलामा भए हुने गरेका भ्रष्टाचार अनियमित्ताहरुको अध्यायन गरि त्यस्तै प्रकारको क्षेति यो रेलमा हुन नदिनु सरकारले शुरुका दिनहरु वाटै प्रतिबद्धता सहित लाग्नु पर्ने ।
९.भारतमा रेलका सम्वन्धमा ठुला ठुला घटनाहरु काण्डहरु भएका छन् ती घटना काण्डहरुको अध्यायन गरि गराई त्यस्तै प्रकारको सम्भावित क्षेति नेपाल रेलमा शून्य गराउन सकिने ।
१०.रेल भ्रष्टचारको अखडा भारतमा थियो अझै छ नेपाल रेलले त्यसको नक्कल नगर्ने वातावरण श्रृजना गर्नु पर्ने ।
११.सबै भन्दा महत्त्वपूर्ण कुरा सरसफाइ पनि हो रेलगाडी भित्री सफाई, रेल स्टेसनहरुको सरसफाई रेल पट्रिहरुको सरसफाईमा शुरुका दिन देखिनै विशेष ध्यान दिनु पर्ने हुन्छ यो विषय देशको ईज्जत् संग जोडिने छ ।
१२.रेलगाडिमा हुन सक्ने सम्भावित अपराधाहरु हुनै नदिन उच्च सतर्कता अपनाउनु पर्ने ।
१३. नेपालको रेल उधोग विचार पुर्याउनु नसके घाटामा गई राज्यलाई आर्थिक भार पर्न सक्ने ।
१३. रेलगाडी र त्यसमा सभार यात्रुहरु र तिनका सरसामानको विशेष सुरक्षा गर्नु पर्ने । भारतमा विहार आएपछि रेलमा यात्रुहरु झोला अंगालो हालेर वस्नु पर्नेे बाध्ता केही समय पहिला थियो । नेपाल रेलमा यस्तो हुन नदिन पुर्ण सतर्कता अपनाउनु पर्ने जस्ता चुनौतिहरु छन् ।

सामान्य र सरल भाषामा नेपाल रेलका अवसर र चुनौतीहरु तपाईंहरु माझ पस्केको छु । हामी सबै नेपालीहरु मिलेर यो नेपाल सरकारको रेललाई संसारको नमुना रेलका रुपमा स्थापित हुन सहयोग गरौ । हामी नेपालीहरुको सभ्यताको पहिचान विश्वभर फैलाउ ।

कृपया केही सुझावहरु भएमा वा अवसर र चुनौतीहरु केही थपघट गर्नु पर्ने भए कृपया कमेन्टमा पाऊ तपाईंको सुझावलाई समेटेर पुन लेखन गर्ने छु ।