मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । रमणीय र सुखद् यात्राको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमणीय र सुखद् यात्राको योग छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रोकिए काम पुनः गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पनि पाइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आर्थिक कारोवारमा मन्दी आउने छ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । मनमा दुविधा पनि उत्पन्न हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको प्रगतिमा मन रमाउने छ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्ने छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउने छ । नजिक व्यक्तिबाट धोका पाईन सक्ने छ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल