बिराटचोक,१६ असोज
खाना नपाएर आत्महत्या गरेका अशोक दर्जीको परीवारलाई कोरीयामा बस्ने नेपालीहरुले सहयोग गरेका छन । सुन्दरर्हरैचा भित्र घर भई हाल कोरियामा बस्दै आएका नेपालीहरुले सहयोग गरेका हुन।
सुक्रबार सो सहयोग रकम सुन्दरहरैचा १० नम्बर वडाका अधक्ष्य राजेश थापा,सदस्यहरु नगेन्द्र सुबेदी ,राजकुमार राइ,र वडा नम्बर ८का सदस्य उमेश राइ,९ नम्बर वडाका सदस्य शंकर खड्काको रोहबरमा दर्जिको घरमा गइ रकम हस्तान्तरण गरिएको हो ।उनिहरुलाइ सहयोग गर्न आर्थिक संकलन गरीरहेको अभियानका अभियन्ता कुमार मिझार,पुष्प जोगीको हातमा हस्तान्तरण गरीएको कोरियाबाट केहिदिन अघिमात्र नेपाल आएका सुन्दरहरैचा १० का रेवत कार्कीले जानकारी दिए।
सुदरर्हरैचा सरोकार मन्च नामक सस्थाको फेसबुक ग्रुप चलाउदै आएका एडमिनद्वय सुरेन तामाङ्ग र युवराज फुयलको अगुवाइमा ४३ हजार तिन सय रुपया संंकलनगरी सो रकम सहयोग गरेका छन ।आफ्नै गाउघरमा यस्तो दुख लाग्दो घटनाले गर्दा दुखिद बनेको दक्षिण कोरियामा रहेको डाइनमिक मोरंगको महासचिब समेत रहेका फुयालले बताए ।
उनीहरुमा परेको दुखलाई थोरै भएपनि केहि सहयोग पुग्छ भनेर सो सहयोग रकम पठाइएको डायनामिक मोरंगको उपाधक्ष्य सुरेन तामांगले बताए । लामो समय लकडाउनको कारण सुन्दरहरैचा १० स्थित एकता टोलका ४७ बर्षिय अशोक दर्जीले गत भदौ २४ गते आफनै घरमा आत्मा हत्या गरेका थिए । दर्जीले आत्महत्या गरेपछि उनका १ जना सारीरिक अपाङ्गता भएकि ३ छोरी र १३ बर्षका छोरा बिचल्लीमा परेका थिए ।
बालख अवस्थामा रहेपनि छोराले कवाडी समानहरु संकलनगरी बावुलाई सगाउथे ति बालकको अवस्था हेर्दा त्यहि उमेर समुहको आफ्ना छोराछोरी भएका कतीपय अभिभावकहरु भक्कानिन्थे 'आफ़ोनो छोराछोरी यस्तो अवस्थामा भए कस्तो हुन्थ्यो ' सुन्दर्हरैचा ९ कि बासिन्दा हिमा पोखरेल बताउछिन । घटना भएको बेला मृतक अशोकको श्रीमतीलाइ दलालले बैदेशिक रोजगारीको लागि दिल्ली पुर्याएका थिए त्यहीबेला लकडाउनको कारण उनी भरतमै बिचल्लीमा परेकि थिइन ।
सहयोगदाताहरुको नामावली यसप्रकार छ




















