आलु बखडा देख्दा नै खाऊँ खाऊँ लाग्ने फल हो । निकै राम्रो देखिने आलु बखडाको स्वाद पनि उत्तिकै मिठो हुन्छ । भिटामिन ए, सी, के, बी ६ आदीका साथै यसमा निकै धेरै फाइबर पनि पाइन्छ । यसमा एण्टीअक्सिडेन्ट पनि धेरै पाइन्छ ।
यसलाई ताजा या सुकाएर पनि खान सकिन्छ । एउटा मध्यम आकारको आलु बखडामा करिब १.३ ग्राम पोटासियम पाइन्छ । यसमा पर्याप्त मात्रामा आइरन पनि पाइन्छ, यसकारण आलु बखडाको नियमित सेवनले शरिरमा रगतको कमी पनि पुरा गर्न मद्दत गर्छ । साथै यसको प्रयोगले उच्च रक्तचाप हुने सम्भावनालाइ पनि कम गर्छ ।
यस्तै, केही फाइदाहरू थाहा पाऔ आलु बखडामा…
• छालालाई स्वस्थ र चमकदार बनाउनः आलु बखडामा एण्टीअक्सिडेन्टको उपस्थितिका कारण यसको नियमित प्रयोगले छालालाई चमकदार बनाउन मद्धत गर्छ भने यसले सम्झने क्षमतालाई बृद्धी गर्न समेत फाइदा गर्छ ।
•रोग प्रतिरोधी क्षमताको बृद्धीः आलु बखडामा भिटामिन सी निकै धेरै मात्रामा पाइन्छ । यसकारण शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन आलु बखडा निकै फाइदाजनक हुन्छ । जुन व्यक्तिहरूलाई चिसोको समस्या छ उनीहरुले नियमित रूपमा आलु बखडा खानु राम्रो मानिन्छ ।
•कोलस्टेरोल घटाउनः आलु बखडामा धेरै मात्रामा फाइबर पाइन्छ । यसकारण कोलस्टेरोललाई नियन्त्रण गर्नका लागि आलु बखडाले मद्धत गर्छ । यसले कलेजोसँग जोडिएका स्वास्थ्य समस्यालाई पनि कम गर्न मद्धत गर्छ ।
• पाचनप्रणालीः आलु बखडामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्धत गर्छ ।
• आखाँका लागिः आलु बखडामा पर्याप्त मात्रामा भिटामिन ए पाइन्छ । यसकारण यसको प्रयोगले आँखाको समस्या कम गर्न मद्धत गर्छ ।
• क्यान्सरको रोकथामका लागिः आलु बकडामा पाइने बीटा कारटोनेसले क्यान्सरको कोशिकालाई एक्टिभ हुन दिदैन ।
• मुटुको रोगमाः आलु बकडामा पाइने भिटामिन के र पोटासियमले मुटुसँग जोडिएको समस्यालाई कम गर्न मद्धत गर्छ ।
मोटोपन घटाउनः जो मानिस आफ्नो तौल घटाउन चाहिरहेका हुन्छन्, उनीहरूले आलु बखडा खानु राम्रो मानिन्छ । यसको सेवनले बारम्बार भोक पनि लाग्दैन र तौल पनि नियन्त्रण गर्न मद्धत गर्छ ।
• मधुमेहमाः यसले शरिरमा रहेको मधुमेहको मात्रालाई नियन्त्रण गर्छ । आलु बखडालाई मधुमेहका रोगीलाई निकै उपयुक्त मानिन्छ । शरिरमा उर्जाका लागिः आलु बखडाको प्रयोगले शरिरको मिनेरल शोषण गर्ने क्षमतामा बृद्धी गर्छ र यसले शरिरमा उर्जा दिनुका साथै फ्रेस राख्न मद्धत गर्छ ।




















