संखुवासभा : संखुवासभा र धनकुटा जोड्ने सभाखोला–लेगुवा सडकखण्ड दैनिक साढे  नौ घण्टा यातायात बन्द हुने गरेको छ। सडक चौडा गर्न उक्त सडकखण्ड दैनिक साढे ९ घण्टा बन्द गर्नु परेको सडक डिभिजन कार्यालय तुम्लिङटारका सूचना अधिकारी सुरजहरि अधिकारीले जानकारी दिए।  सभाखोलाबाट अक्करको भीरसम्म सडकखण्ड चौडा गर्न जेठ १५ देखि दुई महिनासम्म बन्द गरिएको कार्यालयले जनाएको छ।

उक्त सडकखण्डको चौडाइ तीन मिटरको मात्रै भएको र यातायात सञ्चालनमा समस्या भएकाले सडकको स्तारोन्नि गरिएको हो। सडक चौडा गर्नका दैनिक साढे नौ घण्टा यातायात बन्द गरेर काम गरिएको निर्माण कम्पनी रौताहा सन्तोषी जेभीले जनाएको छ।

सकडखण्डमा बिहान ७ देखि ११ सम्म र दिउँसो १ बजेदेखि बेलुकी साढे ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।  निषेधित समयमा यातायातका साधन सभाखोलाबाट चैनपुर–मुढे–बसन्तपुर खण्डको सडक प्रयोग गर्न सक्ने बताइएको छ।