सोलुखुम्बु | विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ आसपासका घुमाउने माने हजार बुद्धको मुर्ती भत्काउने तथा हटाउने निर्णय प्रति नेपाल शेर्पासंघ सोलुखुम्बुले आपत्ती जनाएको छ । शेर्पासंघ सोलुखुम्बुका अध्यक्ष पासाङ काजी शेर्पाको नेतृत्वको टोलिले बुधबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत  भौतिक पुर्वधार तथा यातायात मन्त्रालय र संस्कृति तथा नागरिक उड्यायन मन्त्रालाई ध्यानकर्षण पत्र पठाएको हो ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ध्यानकर्षण पत्र सहित पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको निर्णयले बौद्धधर्मवालम्बीहरुको भावनामा गम्भिर चोट पुगेको बताएका छन् । धार्मीक एवम् सांस्कृतिक सम्पदाको संरक्षणमा सरकारले ध्यान नदिएको खण्डमा शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत उक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।