दाइका आमाबुबा ले गाउँमा सामान्य खेतीकिसानी गरि जिविकोपार्जन गर्नुहुन्थ्यो समय बित्दै गयो छोराछोरी जन्मिए परिवार बढ्यो उनिहरूको पालनपोषण , स्कुल शिक्षा मा खर्च बढ्यो सामान्य खेतीकिसानी बाट आम्दानी धेरै नहुने कहिलेकाही घरेलु मदिरा उत्पादन गरि आएको पैसाले जिविकोपार्जन गर्नुहुन्थ्यो तर त्यतिले जीवन धान्न आफ्ना सन्तानलाई उच्च- शिक्षा दिन नपुग्ने गाउँका साहुमहर्जन बाट रिन धन गरि छोरालाई एस एल सी सम्म पढाउन सक्नुभयो छोरिहरू त त्यो बेलाको ठुलाबडा बुद्धिजीवी हरूको भनाइ अनुसार ( छोरि मान्छेले किन पढ्नुपर्यो ?

अर्काको घरमा जाने जात ) छोरिहरू पढाइ बाट त्यो भनाइले मात्र पढ्न वंचित भएनन कि घरको दुख्खको अवस्थाले गर्दा पनि होला परिवार सप्पन्न भएको भय त्यस्तो शब्दहरूले शायद केही मान्य राख्दैनथ्यो होला उनिहरूले पनि शिक्षा हासिल गर्न सक्थे । दाइले सामान्य शिक्षा हासिल त गर्नुभयो तर आफुले शिक्षा हासिल गर्दा आमाबुबाले ल्याएको ऋण चुक्ता गर्न गाउँमै बसेर त्यो बेला संभव भएन अनि दाइ लागे परदेश तिर । त्यहाँ गएर पनि सामान्य जीवन धान्न बाहेक अरु उपलब्धि केही हुन सकिरहेको थिएन २०१९ मा कोरोना भाइरस ले गर्दा आफ्नै गाउँ फर्किय दाइ लामो समय घरमा बस्दा पनि केही गर्ने मेसो जुरेन गाउँ घरमा अरु साथिहरूले तरकारी खेती गर्नुपर्यो टनल बनाउनु छ सहयोग गर्न आउ , मैले बाख्रा पालन गर्न थालेको छु खोर बनाउन सहयोग गर भनेर भन्दा सहयोग गर्न जान्थे तर मैले आफैले पनि एसरी गरे भने म पनि गर्न सक्छु होला भन्ने खयाल किन न आएको होला ती दाइलाइ ?

एस्तै बिचार मेरो मनमा पलाउदा मैले सोधे ती दाइलाइ दाइ किन न आएको एस्तो खयाल तपाइको मस्तिष्क मा ? उन्ले भने भाइ मेरो जाँगर भनेको शुरुमा एस्मा लागेन हो मेरा पुर्खाहरूले बनाउदै आएको तिनपाने बनाउन र व्यवस्थित तरिकाले बजारीकरण गर्ने बातावरण बन्थ्यो भने गर्न सकिन्थ्यो होला तर त्यस्को पनि वैधानिकता छैन उचित मूल्य छैन हुन पनि हो हाम्रो घरेलु उत्पदन भन्दा त बिदेशी ब्रान्ड असल लाग्छ हामिलाइ एउटा कार्यमा मात्र मेरो जांगर चल्छ भन्दा दाइको कुरा अलि अपिरिपक्को जस्तो ठाने मैले तर एउटा बिचार मेरो मनमा उब्जियो कि ती दाइलाइ ल हुन्छ नि त तिमिले के गर्ने इच्छा छ गर तर मापदण्ड पूरा गरेर गर भनी उन्ले गर्न खोजेको कामलाइ प्रोत्साहन गरेको भय उन्ले घरमै बसेर घरेलु उत्पदन गर्थे होला एहा मैले मदिरामा मात्रै जोड दिन खोजेको होइन ती दाइले मदिरा मात्रै उत्पादन गर्ने थिएनन त्यो त उनलाई स्वदेश मा रोक्ने माध्यम बन्थ्यो उन्ले स्वदेश बसेर गाउमा बाख्रा पाल्थे , कुखुरा पाल्थे,अन्य खेतीकिसानी गर्थे स्वदेशी उतपादन बड्थ्यो पनि तर त्यो बातावरण अझै बनेन , बनोस पनि कसरी हामिलाइ , कथित नेता कार्यकर्ता लाई आफ्नै सिमित समुहको राजनितिक भविश्यको चिन्ता जो छ ।