आज पनि विश्वमा माक्र्सवादको दुन्दुभी बज्न छोडेको छैन । आखिर के हो त माक्र्सवाद ? उनको दर्शन राजनीतिक मात्र थियो कि समाज रुपान्तरणको दर्शन पनि । यो अहिले पनि उत्तिकै चासो, चर्चा र चिन्तनको विषय छ ।

download (2)

कार्ल मार्क्स (१८१८-१८८३) आफैँमा बहुआयामीक व्यक्तित्व हुन् । मार्क्सबादका प्रणेता कार्ल मार्क्स समाजबादी ब्यबस्थाको प्रचारक पनि हुन् । मार्क्सबाद संसारमा धेरै मानिएको र अनुसरण गरिएको दर्शन र सिद्धान्त हो । कार्ल मार्क्सले आफ्ना सिद्धान्त र बिचारले संसारलाई प्रभावित र परिवर्तन गर्न सफल भए । उनका सिद्दान्त हरेक देश भूगोल काल र परिस्थिति सुहाउँदो रुपमा प्रस्तुत छन् ।

बिषेशतः राजनीतिक बिचार र सिद्धान्तका प्रबद्र्धक मार्क्सका बिचार र सिद्धान्त अर्थशास्त्रसंग पनि धेरैतिरबाट जोडिएका छन् । समाजमा ब्याप्तताको अभाब रहेको पुँजीलाई कसरी, कुन माध्यमबाट प्राप्त र परिचालन गर्ने भनि मार्क्सले प्रतिपादन गरेको सिद्धान्त समग्रमा मार्क्सबाद हो ।

लामो अन्यायपूर्ण र शोषणयुक्त पुँजीबादी व्यबस्थाको प्रतिस्थापनका लागि आधारभूत आर्थिक सिद्धान्त बनाएर कार्ल मार्क्सद्वारा प्रतिपादित सिद्धान्त मार्क्सबाद हो । मार्क्सबादले पूर्णतः राजनीतिक चेतना र पथलाई मात्र नभएर बिषेशतः आर्थिक सिद्धान्त र चिन्तनको चिरफार गरी अर्थतन्त्रमा ब्याप्त जडसमस्या निर्क्यौल र समाधानमा सहयोग गर्दछ ।

131002483_438571227171630_5797418230584837714_n

मार्क्सवादी दर्शन जब प्रतिपादित भयो यसले बहन गर्ने बिषयबस्तु धेरै थिए । मार्क्सवादी ब्यबस्था र दर्शन युरोप लगायत विश्वका विभिन्न दार्शनिकहरुको सिद्धान्त र विचरणको प्रतिस्थापन र सट्टा एवं थप उपलब्धिका रुपमा धेरैले अनुशरण गरेका छन् । शास्त्रीय जर्मन दर्शन, बेलायती दर्शन र फ्रान्सेली तथा बेलायती समाजबाद मार्क्सबादका मूल सुत्रधार हुन् ।


जब युरोप विकासचरण र विकासक्रमको खुड्किलाहरु उक्लिन अग्रसर भैरहेको थियो तब सम्पूर्ण युरोपमा एक किसिमको भय, त्रास, र डरको बाताबरण ब्याप्त थियो । पुँजीको असमान बितरण, मजदुरहरुमाथि हुने अत्यन्त अमानवीय शोषण र वर्गभेद र पुँजीपतीहरुको अत्यन्त क्रुर कानुन जस्ता असमान कुराहरुको अन्त्यका लागि सन् १८४८ मा कार्ल मार्क्सले आफ्नो कम्युनिस्ट पार्टी घोषणा मार्फत पुँजीबादी आर्थिक ढाँचाको बिकल्पमा प्रस्तुत गरेको ढाँचा नै मार्क्सबाद पृष्ठभूमि हो जुन कालान्तरमा सम्पूर्ण विश्वले अनुशरण गरेका छन् ।


पुँजीको कथित र अन्यायपूर्ण वितरणलार्इ अन्त्य गर्न नयाँ उत्पादन साधनको रुपमा प्रयोग हुने श्रमको मूल्य नै पुँजी हो भनि मार्क्सले मजदुरवर्ग नै पुँजीपती हो र संसारमा बास्तबिक पुँजी श्रम हो भनि परिभाषित गरे । अर्थशास्त्री, दार्शनिक, समाजशास्त्री र राजनीतिज्ञ जस्ता चौआयामिक व्यक्तित्वका धनी मार्क्सका धेरै बिचारहरु अर्थशास्त्रीका रुपमा अगाडी सरेको पाइन्छ । हुन त कार्ल मार्क्स विश्व जगतमा राजनीतिज्ञ र समाजशास्त्रीका रुपमा परिचित छन् तर उनको झुकाब धेरै रुपमा आर्थिक सिद्धान्त र बिकासमा रहेको कुरा उनका सिद्धान्तहरुले प्रस्ट पार्दछन ।

उनले संसारमा ब्याप्त पुँजीबादी ब्यबस्था सामन्तबाद हो र पुँजीपतीका लागि राजनीति गर्ने राजनीतिज्ञहरु सामन्ती हुन् भनेका छन् । मार्क्सबादका प्रणेता कार्ल मार्क्सले दर्शनको क्षेत्रमा उैतिहासिक भौतिकबाद, मार्क्सवादी अर्थशास्त्र र राजनीतिशास्त्रको क्षत्रमा वर्गसंघर्षको सिद्धान्तलाई प्रतिपादन गरेका हुन् । उनका हरेक क्रिया र सिद्धान्तसंग लेनिनबाद पनि विभिन्न रुपले जोडिएको पाइन्छ ।


धेरैले लेनिनवादलाई मार्क्सवाद्कै बिकसित र परिस्कृत रुप हो भनि परिभाषित गर्दछन । मार्क्सवादी लेनिनबादी दर्शन सिद्धान्तपछि दुनियाले अबलम्बन गर्नसक्ने सिद्धान्त प्रतिपादन भएका छैनन् । कार्ल मार्क्सको पुस्तक (क्यापिटल) पुँजीले समग्र अर्थब्यबस्था, यसका अबयब, पुँजी, ज्याला र श्रमको असमान वितरण र यसको समाधान जस्ता अति संबेदनशील पाटोलाई राजनीतिक रुपमा जोडेर आफुलाई मार्क्सबादी अर्थशास्त्रीको रुपमा परिचित गरेका छन् ।
मार्क्सले पदार्थ चेतनाभन्दा बाहिरका भौतिकताबादी चिन्तनबाट स्वतन्त्र रुप नै चेतना हो र यहि चेतनाले ब्याप्त द्वन्दात्मक भौतिकताबादी चिन्तनको जन्म गराउँदछ । समयले परिबर्तन गर्ने बाताबरणको रुप जस्तै समाज बिकास र शासन हुने गर्दछ भनेका छन् । कुनै दिन मार्क्सले देखेका र देखाएका सपनाहरु आज सार्थक हुँदैछन् । उनले हरेक कुरा परिबर्तनशिल छ आज जो शोषित छ भोलि त्यही शोषितले शोषण गर्नेलार्इ शासन गर्नेछ भनेका थिए ।
मार्क्सबादलाई अझै सर्वमान्य बनाउन लेनिनबादले पनि धेरै हदसम्म सहयोग गरेको पाइन्छ । अझ भनौं मार्क्सवादी दर्शन र चिन्तनलाई बलियो बनाउन लेनिनबादी दर्शनले संशोधनबादी भूमिका खेलेको छ । लेनिनबादले मार्क्सको दर्शन ब्यबस्थित भौतिकबादी चिन्तन जसले श्रमजीबी बर्गको बर्गाहितका लागि काम गर्दछ भन्ने दृष्टिकोण राख्दछ भनि प्रस्ट पारेका छन् । १८-१९ औँ शताब्दिका आर्थिक विकृति र असमानतालाई निर्मुल गर्न मार्क्सवादी(लेनिनबादी दर्शनले पुँजीबादी आर्थिक सिद्दान्तको चर्को आलोचना गरेको छ । मार्क्सले प्रतिपादन गरेको श्रमजीबी बर्गको हकहितका सिद्धान्तलाई लेनिनले अझै बलियो र परिस्कृत बनाउने काम गरेका छन् ।


समकालीन दर्शनशास्त्री लेनिन मार्क्सका सच्चा अनुयायी हुन् । अर्थशास्त्रका सिद्धान्तमा प्रभाब पार्नसक्ने ज्यालाको सिद्धान्तको सुरुवात मार्क्सले नै गरेका हुन् जुन पछि डेविड रिकार्डोले अझै शसक्त बनाए । त्यस्तै गतिशील पुँजी सन्तुलनको नियम, प्रभावकारी भौतिकताबादी सिद्धान्त, उत्पादन, उपभोग, विनिमय र वितरणको सन्दर्भमा मार्क्सका सिद्धान्त अत्यन्तै ब्यबहारिक र प्रभावकारी सिद्दान्त हो ।


पुँजीपतीहरु बीचकै अन्तरविरोधले पुँजीबादी ब्यबस्थाको अन्त्य हुन्छ र सर्बहाराबर्गले समाजबादी सत्ता प्राप्त गर्नका लागी शान्तिपूर्ण र संसदीय संघर्ष गर्नुपर्दछ र वर्गसंघर्ष अनिबार्य छ । यसरी मार्क्सले राजनीति, अर्थशास्त्र र समाजशास्त्रलाई एक अर्कासंग जोडिएका परिपुरक बिषयका रुपमा परिभाषित गरी समाज परिबर्तनको मूल सिद्धान्त आर्थिक क्रान्ति र सूचक शोषित पीडित बर्गको उत्थानका लागि आफ्ना सिद्धान्तले संसारलाई तरंगित गर्ने काम गरे समाजबादी ब्यबस्थाको सिद्दान्त प्रतिपादित गरे जुन आज आधा विश्वले अनुसरण गर्दछ ।


लामो शोषणयुक्त पुँजीबादी व्यबस्थाको अन्त्यका लागि आर्थिक ढाँचाको क्रान्तिकारी उदय भएको मार्क्सवादी सिद्दान्तले समग्रमा श्रमजीबी, मजदुरवर्ग, शोषित पीडित, किसानका अधिकारका साथै तिनै वर्गको उत्थानबाट आर्थिक क्रान्तिको पाठ मार्क्सवादी सिद्धान्तले समातेको छ । हाम्रो जस्तो अति कम विकसित रास्ट्रमा मार्क्सवादी सिद्धान्तको अनुशरणबाट पक्कै पनि शोषित पीडित जनताको जीबनस्तर सुधार हुने कुरामा दुइमत छैन । लामो संघर्ष पश्चात प्राप्त राजनीतिक स्वतन्त्रताको जग समातेर आर्थिक क्रान्तिको पथमा अघि सर्नु नै आजको अपरिहार्यता हो ।

पार्टीको घोषणापत्र र झन्डामा मात्र मार्क्स र लेनिनको बिचार र तस्बिर राखेर मात्र कोही मार्क्सवादी लेनिनबादी हुन सक्दैन । यथार्थमा मार्क्सवादी सिद्धान्तको अनुशरण गर्दै आर्थिक क्रान्ति गरी वर्गभेद हटाउन सक्नु नै बास्तबिक मार्क्सवादको अनुशरण हो ।