बिराटचोक,१८ पुस । मोरङको सुन्दरहरैचा ९ स्थित बुधबारेको एउटा घरमा आगोलागी भएको छ । स्थानीय जयप्रसाद आचार्यको दुइतले काठको घरमा आगलागी भएको हो ।
सनिवार बिहान करीब बिहान सवा ९ बजे तिर आगोलागी सुरु भएको स्थानीय बासिले बताए । विद्युत सर्ट भइ आगोलागी भएको हुन सक्ने र आगोली बाट कुनै मानवीय क्षति बने नभएको स्थानीय बासिन्दाहरुले बताए ।
सुन्दररैचा नगरपालिकाको बारुणयन्त्र पार्किङ्ग स्थल देखि करिब १ किमि भित्र मात्र सो घर आगोलागी भएको जलेर पुरै नष्ट हुनेबेला सम्म पनि दमकल समयमै न आइपुगको कारण स्थानिय बासिन्दा आक्रोशित बनेका थिए । सो बिषयमा नगरपालिकामा सम्पर्क गर्दा दमकलको नट फ़ुस्किएर आउन नसकेको उत्तर दिएको छ ।
सुनदरहरैचाको सो दमकल ब्याक्तीको फूलबारीमा पानिहाल्न प्रयोग गर्ने गरेको तर जनताको घर जल्दा पनि प्रयोग गर्न नपाएको स्थानीय चन्द्र ढकालले गोनासो पोखे । घरमा सम्पूर्ण क्षती भइ सकेको अवस्था पछि इटहरी र बेलबारीको दमकल आइ पुगेको थियो ।



















