लेटाङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारी पकेट बिकास कार्यक्रमको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभएको छ ।
लेटाङ नगरपालिका वडा नं. ८ मा लेटाङ नगरपालिकाले यो कार्यक्रम सुरु गरेको छ । तरकारी पकेट संचालन समन्वय समिती लेटाङ ८ मार्फत यस आर्थिक बर्षमा १० लाख बराबरको कार्यक्रम लेटाङ ८ जाँतेका किसानका लागि सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख राईले लेटाङको वडा नं ८ र ९ तरकारी खेतिको लागि उत्कृष्ट स्थान भएकाले पकेट कार्यक्रमको छनौटमा परेको जानकारी दिनुभयो ।




















