बेलबारी,२९ माघ । बेलबारी नगरपालिकाले मत्स्यपालक किसानहरुलाई कृषि चुना वितरण गरेको छ।बिहिवार एक कार्यक्रमका बीच उक्त सामग्री किसानहरुलाई वितरण गरिएको बेलबारी नगरपालिकाका पशुपन्छी शाखा प्रमुख बाबुराम खड्काले बताए।

148885354_237379711327324_1230166255413294598_n

नगर क्षेत्रभित्रका ४५ जना मत्स्यपालक किसान र फर्म संचालक व्यवशायीहरुलाई २१ क्विन्टल कृषि चुना वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।कोरोना भाइरसका कारण धेरै युवाहरु विदेशबाट घर फर्किनुभा छ।बेरोजगार समस्या समाधान गर्न धेरै युवाहरुले आफ्नै बलबुतोले व्यवशाय सुरु गर्नुभा छ।उहाँहरुलाई आत्मनिर्भर र व्यवशायिक बनाउने अभियानमा हामी निरन्तर लागिरहेका छौँ-उपप्रमुख पराजुलीले भनिन्।
बेलबारी नगरपालिकाले यस अघि नै एक वडा एक उत्पादन अन्तर्गत नगरपालिकाका ११ वटै वडामा भूगोल र सम्भाव्यता अध्ययन गरी एक वडा एक उत्पादनको कार्यक्रम सुरु गरिसकेको छ।