काठमाडौं,९ फागुन । मकवानपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । बरामद गरिएको १८ क्विन्टल गाँजा नष्ट गरेर फर्किएको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीलाई शनिबार बेलुका राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा स्थानीयले आक्रमण गरेका हुन् ।

प्रहरीले स्थानीयलाई तितरवितर पार्न दुई राउण्ड अवाई फायर गरेको छ । प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले राक्सिराङ–१ का वडाध्यक्ष ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको बा१ग २०९० नम्बरको भ्यानसहित सो क्षेत्रमा प्रहरी टोली पुग्दा स्थानीयलाई प्रहरीमाथि जाइलाग्न उत्तेजित बनाएको र हातपात गरेपछि रुम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए् ।

प्रहरीले राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा लुकाइएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सुभसमाचार बाट