काठमाडौं । लामो समय देखि गुण्डागर्दीमा संलग्न हुँदै आएका राधाकृष्ण भण्डारी (राधे) लाई पक्राउ गरेको छ । यो बिचमा उनलाई रिहा गर्नको लागि माग गरिएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रहरी नियन्त्रणमा रहेका राधेलाई रिहाइ गर्न माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन् । जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तरुण दलले भण्डारीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको आरोप लगाएको छ । गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता नरहेको भने पनि प्रहरीले कीर्ते कागज बनाएको बस्नेतको आरोप छ । फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको उनले आरोप लगाए ।

घटनामा संलग्न नरहेका भण्डारीलाई पक्रने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको माग गरेको छ । भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ । तपाईलाई जानकारी गराउँ राधे तरुण दल धादिङ उपाध्यक्ष हुन् । एक समय उनी र दिनेश अधिकारी चरी एकदम नजिकका साथि थिए । बिचमा उनीहरुका बिचमा विवाद हुँदै गएपछि उनले चरीमाथि आक्रमण पनि गर्दै आएका थिए ।