बिराटचोक,१९ फागुन । सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचनमा ३ जना सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन । उनिहरुलाइ प्रमुख निर्वाचन आयुक्तले सुचना जारी गर्दै निर्बिरोध निर्वाचित गरेको घोषणा गरेको छ ।
निर्वाचित मध्ये २ जना टिका कट्टेल समुहबाट र १ जना तटस्थ सदस्य निर्वाचित भएका हुन । निर्वाचित भएका सदस्यहरुमा बाबुराम बुढाथोकी,सुरज भट्टराई कट्टेल समुहका हुन भने उनीहरु कट्टेल समुहको प्यानलै उम्मेदवारहरुलाई बिजयी गराउन घरदैलो अभियानमा सक्रियता पूर्वक लागिपरेका छन।
अर्का निर्वाचित सदस्य गणेश खडकाले आफ़ु कुनै पनि समुहमा नलागेको बताएका छन । निर्वाचन आयुक्तले बुधबार निकालेको सुचनाको आधारमा सुनचाँदी ब्यावसायिको तर्फबाट बाबुराम बुढाथोकी ,खुद्रा ब्यापारीको तर्फबाट सुरज भट्टराई , होटल ब्यावसायीको तर्फबाट गणेश खड्का निर्वाचित भएका हुन ।
निर्वाचित भएकाहरू उधोग बाणिज्य संघको निर्णयबाट गरिएको सिफारिसबाट निर्वाचित घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्तका संयोजक केशव अधिकारीले ।सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचन यहि फागुन २२ गते हुदैछ ।




















