२०३८ सालमा साविक हरैचामा बुवा फक्तबहादुर श्रेष्ठ र आमा बेदमाया श्रेष्ठका कान्छा सुपुत्रको रुपमा जन्मिएका इन्जिनियर सुरेशकुमार श्रेष्ठ आसन्न सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचनमा सदस्य पदको उम्मेदवारको रुपमा खडा भएका छ्न । बिद्यार्थी जिवनमा मेधावी बिद्यार्थीको रुपमा पहिचान बनाएका श्रेष्ठले २०५४ सालको एसलसी परिक्षामा जनता माबी हरैचाका उत्कृष्ट बिद्यार्थी भएका थिए ।
त्यसैगरी उच्च शिक्षालाई निरन्तरता दिदै सिभिल इन्जिनियरमा स्नातकतह,ग्रामीण बिकासमा स्नातकोत्तर ,कानुनको समेत अध्यन गरेका इन्जिनियर श्रेठ बिद्यार्थीकालमा उनी अनेरास्ववियुका माबी कमिटिका अध्यक्ष समेत भएका थिए । हाल उनी इन्जिनियरहरुको संगठन पिनको १ नम्वर प्रदेश कमिटीको नेता पनि हुन । बैक मुल्यांकन गर्ने संगठनका पनि हुन ।
इ. श्रेष्ठले बिराटचोकमा सामाजिक ,ब्यापारीक ,संगीत तथा खेलकुदको क्षेत्रमा उच्च छवी बनाएका इ. श्रेष्ठ बहुप्रतिभाका धनीका रुपमा परिचित छन । सुन्दरहरैचा १२मा रहेको हरैचा फेन्सि डिपार्टमेन्टका संचालक र इन्जिनियर परामर्श दाता ब्यावसायीहुन । बिभिन्न क्षेत्रमा लोकप्रिय भएका उनलाई यस क्षेत्रका ब्याक्तित्वहरु उनलाई बिजयी गराउन अभियानमा लागिपरेका छन । उनी टीका कट्टेल समुहको तर्फबाट सदस्य पदको प्रत्यासी उम्मेदवार रहेका श्रेष्ठसंग गरीएको संक्षिप्त कुराकानी :
तपाईंलाई चुनाव लागेको होला कत्तिको ब्यस्त हुन्छ ?
अहिले अलिक ब्यास्तनै छु । चुनावी अभियानमा लागिपरेको छु ।
तपाईंले जित्नु भयो भने उधोगी ब्यावसायिको लागि केके गर्नु हुन्छ ?
म यो गर्छु भन्दा पनि हामी गर्छौ भन्ने कुरा मलाइ अलिक राम्रो हो जस्तो लाग्छ, किन भने हाम्रो समुहको सामुहिक प्रतिबद्दता हामीले गरेका छौ । ति प्रति बद्दता संगै हामीले गर्ने भनेको उधमी,ब्यावसायीहरुको पक्षमा हक हितका कुराहरुलाई आवाज बुलन्द गर्ने नै हो तर म एउटा प्राबिधिक पनि भएको हुदा मैले पाएको शिप र क्षमतालाइ यस क्षेत्रका ब्यावसायीहरुको लागि सेवा गर्ने सोच राखेको छु ।
जस्तै भ्यालुलेसनको क्षेत्रमा काम परेमा,ब्यापारीका बैंकिंग पहुच बनाउन, शेयर ब्रोकर अफिस स्थापना गर्ने ।कर कार्यलयमा हेल्प डेस्क स्थापना गर्ने, ट्रेडिङ ब्यापारलाइ उधोग उत्पादनशिल उधोगको स्थापना गर्ने । गरिब,दुखि व्यापारीलाई भ्याल्लुलेसनमा छुट गर्ने, आगलागी,चोरी ,दुर्घटनाहरु हुदा सहयोग गर्ने लगायत कामहरु गर्ने संकल्प गरेको छु ।
भोट माग्न जादा उधोगी ब्यावसायिहरु बाट कस्तो प्रतिक्रिया पाउनु भयो त ?
उहाहरुबाट राम्रो प्रतिक्रियाहरु प्राप्त भएको छ ,उहाहरुको अमुल्य सुझावहरु पनि पाएको छु ,उहाहरुले सम्पूर्ण उम्मेद्वारहरु मध्येमा तपाइँ एक मात्र प्राबिधिक, इन्जिनियर हुनुहुदो रहेछ उधोग बाणिज्य संघमा तपाइँहरु जस्तो ब्याक्तीहरुको खाचो छ भन्नु भएको छ र धेरै जसो उधोगी ब्यावसायिहरुले अत्याधिक मतका साथ बिजयी गराउन समेत लागि पर्ने बताउनु भएको छ । उहाहरुले दिनुभएको सुझावा र भावनाको कदर गर्ने मैले बाचा पनि गरेको छु ।
अन्त्यमा तपाइको केहिकुरा छुटेको छ कि ?
सर्वप्रथम तपाइ र तपाइहरुको मिडिया अनलाइन धन्यबाद दिन चाहान्छु ,किन भने मलाइ तपाइको मिडियामा मेरो कुरा राख्ने मौका दिनुभएको छ । अन्त्यमा भन्न चाहान्छु कि म लागायत टिका कट्टेल समुहको प्यानलै उम्मेद्वारहरुलाई हजुरहरुको अमुल्य मतलाई मतदानगरी बिजयी गराइदिनु हुन हार्दिक अनुरोध गर्दै धन्यबाद ब्याक्त गर्दछु ।




















