बा ! हिजो तिम्रो कारणले शिर उच्चो थियो
सुन्दर भबिस्यको सपना थियो
न्याय र समानताको आशा थियो
राष्ट्रीयताको दिप प्रजोलित थियो ।
तर.....
बा! तिम्रै कारणले शिर झुकेको छ
मन धुजा धुजा भएर फाटेको छ
न्याय र समानताको आशा टुटेको छ
राष्ट्रीयताको दिप निभेको छ ।
किनकि.....
बा ! तिमीले आफु बाहेक अरु देख्न छाड्यौ
बिचार र सिद्वान्तमा उल्झन देख्न थाल्यौ
आफ्ना लाइ पराइ,पराइलाइ आफ्ना देख्न थाल्यौ
"समान्त" हरुलाइ लुकिछिपी भेट्न थाल्यौ ।
त्यसैले.....
बा ! म कारवाही भोग्न तयार छु
अव बाटाका कसिंगर बढार्छु
बिचार र सिदान्तको मियो ठड्याउछु
क्रान्तिको झण्डा अवस्य फरफराउँछु ।
डा. दिवाकर रेग्मी
इटहरी,सुनसरी




















