बेलबारी,४ जेठ । कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले आफ्ना गतिविधिहरुलाई थप सक्रिय बनाएको छ।मङ्गलबार बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा बेलबारी आयुर्वेद शाखा निरीक्षक कुलानन्द यादवसहितको टोलीले नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर भेटेको छ।

विभिन्न प्रकृतिका आयुर्वेदिक औषधीसहित पुगेको नगरपालिकाको टीमले सङ्क्रमितहरुको स्वास्थोवस्था बुझ्नुका साथै विभिन्न आयुर्वेदिक औषधी वितरण गरेको छ। बेलबारी नगरपालिका आयुर्वेद शाखा,आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जोचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरणक गरिएको आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए।

187142183_308072540991179_1803391550634618154_n

यस अघि शाखाले बेलबारी नगरपालिकाले संचालन गरेको आइसोलेशनमा संक्रमितलाई सेवा उपलब्ध गराइएको छ भने क्रमशः होम आइसोलेशनमा रहने थप संक्रमितहरुलाई पनि निरन्तर सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ-उनले भने। औषधी वितरण गर्दै बेलबारी नगरपालिकाकि उपमेयर ढाकाकुमारी पराजुलीले कोरोना भाइरसको भयावह असरका कारण नागरिकहरुमा भयानक त्रास सिर्जना भएकोले जनप्रतिनिधि थप सक्रिय हुनुपर्ने बताइन्।`यसबेला स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न चुक्नु हुँदैन।

सहज परिस्थिति हुँदा आफ्नै बलबुतोले जीवन चलाउँने नागरिकहरुलाई विपतको बेला स्थानीय सरकार छ भन्ने आत्मविश्वासको आभास गराउन पनि जनप्रतिनिधि सङ्क्रमितको आँगनमा पुग्न जरुरी भएकै कारण हामी उहाँहरुको घरघर पुगेके हौँ।

नागरिकको जीवन बचाउने हाम्रो प्रमुख दायित्व भएकोले विकास निर्माणका काम केही समयलाई पन्छाएर भएपनि नागरिक बचाउने अभियानमा लाग्छौँ। बेलबारीमा औषधी उपचार अभावकै कारण कुनै नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर हामी अहोरात्र खटेका छौँ र खटिरहने छौँ-उपमेयर पराजुलीले भनिन्। कोरोना भाइरसका कारण बेलबारीमा हाल १२३ जना सङ्क्रमित छन्।