उर्लाबारी, ८ जेठ । मोरङको उर्लाबारी–६ मा एक जना बालकको आत्महत्याको घटना रहस्यमय बनेको छ । जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेपछि घटना रहस्यमय बनेको हो ।
बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्यागरी झुण्डाएर मारेको आमा तुलसा दियालीले आरोप लगाएकी छन् । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी छन् । दियाली घर अगाडि सलको पासो लगाई आत्महत्या गरेको अवस्थामा शव भेटिएको थियो । घरभित्र बुवा कुमार सुतिरहेको अवस्थामा छोरा पवनले आत्महत्या गरेकाे उनीहरुको भनाई छ ।
आत्महत्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए । छिमेकीहरुले समेत ८ बर्षको बालकले आत्महत्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन् । यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म कार्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेकी छन् ।
यस बिषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले अनुसन्धान भइरहेको बताएका छन् ।त्यसैगरी वडाध्यक्ष चिन्तामणि पौडेलले यसको रहस्य पत्ता लगाउने बताएका छन् । उर्लाबारी पेजबाट




















