बिराटचोक,१० जेठ । कोरोना संक्रमण पुष्टिपछि उपचाररत पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । ७४ वर्षीय बस्नेतको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ को संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी दिङ्लास्थित अरुण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक र षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष पनि हुन् ।
बस्नेत केहि पछिल्लो समय संघस्थामार्फत सामाजिक काममा सक्रिय थिए,हातेमालो बहुउद्देशीय सहकारी संस्था लि. सुन्दरहरैंचाका संस्थापक एवं वर्तमान अध्यक्ष समेत रहेका थिए । हाल मोरङको सुन्दरहरैचा १० स्थित खोर्सानेमा स्थायी बसोबास गर्दै आएका उनका श्रीमती र २ छोरा छन् ।



















