पथरी शनिश्चरे, १० जेठ । कोरोनाबाट बच्ने स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे ३ मा नगरपालिकाको सहयोगमा सञ्चालित मौरी पालन कार्यक्रमको आज अनुगमन् भएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको समितिले स्थानीय त्रिलोचन सापकोटाको अगुवाईमा सञ्चालित मौरीपालन कार्यक्रमको अनुगमन् गरेको हो ।

नगरको कृषि कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँमार्फत १५ घर परिवारका लागि नौ, नौ घार मौरी खरिद गरेर समूह निर्माण गरी मौरी पालन कार्यक्रम अघि बढाइएको छ ।