मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । पारिवारिक सुख मिल्ने छ । अचल सम्पती हात पर्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । समाज सेवामा मन लाग्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । व्यापारमा रूची बढ्ने छ । बित्तीय संस्थाबाट सहयोग पाइने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ काम वा रोजगार पाइने छ । जोश जाँगर र उमङ्ग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा शंका उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शत्रु पराजित हुनेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । चोट पटकको भय छ सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला मित्रबाट विशेष सहयोग मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । मंगल कार्यको योग छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेटसम्बधी समस्या आउँला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । लाभदायक यात्राको योग छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल



















