पथरी शनिश्चरे, १७ जेठ । स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरले योजना अनुगमन्को काम निरन्तर सञ्चालन गरिरहेको छ । यस क्रममा आज वडा नम्बर १० स्थित श्रीजंगा धार्मिक बन क्षेत्रभित्रको योजनाको कडाईकासाथ अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले निर्माणाधिन अवस्थामा रहेको धार्मिक वन परिसरको बाटोको ग्राभेल, पेवल सहितको योजनाको अनुगमन् गरेको हो । अनुगमन्का क्रममा त्यहाँ निर्माण हुँदै गरेको फाउण्डेशनलाई तोकिएको मापदण्ड बमोजिम बनाउन केही ठाउँको पुन निर्माण गर्न लगाइएको छ ।
१ नम्बर प्रदेश सरकारको ६४ लाखको लागतमा बाटो ग्राभेल, पेवल तथा बनभोजस्थका लागि १५ वटा टहरा, पोखरी थप विस्तार गर्ने, तारजाली लगाउने, कंक्रिट पोल, पोखरीमा ब्रिज निर्माण र २ वटा डुंगा खरिद गर्ने योजना अघि बढाइएको छ ।



















