पथरी,२५ जेठ। स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरले योजनाहरुको अनुगमन् कार्य जारी राखेको छ ।
जसअन्तर्गत पछिल्लो पटक निर्माणाधीन अवस्थामा रहेको वडा नम्बर १ स्थित किरात मार्गमा पेवल विछ्याउने कार्य र संघीय सरकारको बजेटमा निर्माणाधीन पञ्चायत माविको आवास सहितको अपाङ्गता कक्षाको स्रोतकेन्द्र भवनको अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, समिति सदस्य यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, प्राविधिक दीपक आचार्य सहितको टोलीले योजना अनुगमन् गर्दै गुणस्तरीय रुपमा काम सम्पन्न गर्न सुझाएको छ । त्यस्तै, नगरले विद्यालयका किशोरीहरुका लागि खरिद गरेको सेनिटरी प्याडको पनि अनुगमन् गरिएको छ ।



















