काठमाडौं, २३ असार । काठमाडौं कपनबाट १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।
१४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए । जुवा खालबाट ३० थान कौडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।




















