काठमाडौं,२६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ्य हुनुभएको छ । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार केही दिनयता नेता नेपालको स्वास्थ्यमा समस्या देखिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उहाँ अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहनुभएको गौतमले जानकारी दिनुभएको छछ । गौतमका अनुसार नेता नेपाललाई जनै खटिरा आएको छ ।
‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भन्नुभएको छ । उहाँले आज प्रचण्डसँग संक्षिप्त भेट भएको र स्वास्थ्यलाभको कामना गर्न निवासमा आउनु भएको र कुनै राजनीतिक कुराकानी नभएको जानकारी दिनुभएको ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कोटेश्वर नेपाल निवास पुगेरस्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको भनाई छ । प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।





















