मोरङ,३० जेठ ।मोरङका केहि पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ ।कोरोनाको महामारीको सयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको छ ।
दोस्रो चरणको भेरीयन्ट बाट नागरीकहरुलाई बचाउनका लागि स्वास्थ्य सामाग्रि खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानियतहरुलाई सहयोग गरेको हेफरले जनाएको छ । बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा ७ लाख ५० हजार प्रति पालिका सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ ।
सहयोग गरीएको रकम बाट कोभिडका लागि चाहिने सामाग्रिहरु खरीद गरीने पालिकाहरुले जनाएका छन । हेफरले गरेको सहयोगले महामारीको समयमा जुधनका लागि सहयोग पुग्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।




















