ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले छाेरीलाई बारम्बार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएकाे छ ।

आफ्नै घरमा  यादवले विदेशतिर छोरीलाई बलात्कार गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई बलात्कार गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा यादवले विगत ३/४ वर्षदेखि यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै, डरधम्की देखाई बलात्कार गर्दै आएकाे प्रहरीले बताएकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा रहेकाे र शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको प्रहरीले जनाएकाे छ ।