काठमाडौं,८ साउन । महानगरीय प्रहरी वृत्त कालिमाटी काठमाडौंले सात जना जुवाडेलाई पक्राउ गरेको छ। ८ का रविन बिडारीले कलंकीमा सञ्चालन गरेको बिडारी ल फर्मभित्रबाट प्रहरीले ७१ हजार ७ सय नगदसहित बिहीबार सात जनालाई पक्राउ गरेको हो।

अपराह्न पाँच बजे ल फर्मभित्र तास खेलिरहेका उनीहरूलाई ६ बुक तास, तास खेल्न प्रयोग गरिने उपकरण र नगदसहित पक्राउ गरिएको महानगरी प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए।

बोहराका अनुसार पक्राउ पर्नेमा बिडारीसहित श्याम अधिकारी, प्रकाश श्रेष्ठ, गणेश कोइराला, विजय केसी, नारायण ठकुरी र राजेन्द्र दाहाल रहेका छन्।

ल फर्म सञ्चालक चन्द्रागिरी नगरपालिका-८ का ५० वर्षीय बिडारी रहेको बोहराले बताए। पक्राउ परेका सबैलाई हिरासतमा लिएर जुवा ऐन अन्तर्गत कारबाही थालिएको बोहराले बताए।