✍️ देउजा राधाकृष्ण 

जीवन ज्यादै अनौठो हुन्छ सबैको , हरेक दिन केहि नया हुनुमै सार्थकता छ त्यसको !
जन्मनु नै जीवन हो भन्ने लाग्छ धेरैलाइ तर त्यस भन्दा बिल्कुल फरक छ सत्यता यसको !!
हरेकको नजरमा परिभाषा फरक हुन्छ जीवनको किन कि जीवन उस्तै हुदैन सबैको !
सुख दुख पिडा सबै छायाँ नै हुन जीवनको , यो परिवर्तनशिल छ भन्ने जसले बुझ्यो जीवन राम्रो भयो उसैको !!

जन्मे देखि मृत्युसम्मको चक्रलाइ जीवन भन्ने हो भने हरेक प्राणिको जीवन त पक्कै छ !
यद्धपि जन्मने अनि मर्ने कुरामा समानता वाहेक अरु कुरामा त हरेकको विचमा भिन्नता ढुक्कै छ !!
भिन्नताहरुको विचमा पनि समानताको पहिचान खोज्दै पनि जीवनहरु एक अर्का संग जोडिने गरेकै छन !
जीवनकाल लाई लम्ब्याउन सधैं तल्लिन रहने सत्यताको विचमा पनि दैनिक कैयौं जीवनहरु मरेकै छन !!

कसैको जीवन लामो अनि कसैको छोटो हुने कुरालाइ बदल्न सकिन्न तर सवैले आफ्नो जीवनलाइ सार्थक पार्नु पर्छ !
सार्थक जीवन अर्थात अरुको लागि उपयोगी जीवन हो भने त्यस्तो गर्न कतिपयवेला आफु भित्रको आफुलाइ मार्नु पर्छ !!
जन्मे पछि मर्नु अनिवार्य छ तर जीवन यसरी बाँच्नु पर्छ कि मरेर जाँदा आफ्नो जीवनको बारे राम्रो चर्चा होस !
जीवनको चर्चा राम्रो होस भन्ने चाहना राख्दै गर्दा संकल्प जरुर गर्नु पर्छ कि जीवन आफ्नो लागि भन्दा अरुको लागि खर्च होस !!