बिराटचोक,२२ साउन । नेकपा माओवादी सुन्दरहरैचाका उपाध्यक्ष गोकुल न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ । ५० बर्षीय नेता न्यौपानेको बिराट टिचिङ अस्पतालमा आज बिहान ९ बजे निधन भएको हो ।

पन्ध्र दिन अघि देखि बिराटनगर कोशी कोभिड अस्पातालमा उपचार गराउदै आएका नेता न्यौपानेलाइ स्वास्थ्यमा झन समस्या देखिए पछि बिहिबार बिराट टिचिङ अस्पतालमा बिहिबार भर्ना गरीएको थियो । स्वर्गीय न्यौपानेको पार्थिव शरिरलाइ आज दिउसो १२ बजे गछिया घाटमा अन्त्यस्ती गरीने परिवार श्रोतले बताएको छ ।

नेता न्यौपानेको निधनले दुखित तुल्याएको र कम्युनिष्ट आन्दोलनको एउटा नेतृत्व गुमाएको छ यो घटानाले नेपालि कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती भएको नेकपा माओवादी मोरङका नेता नवराज चापागाईले ब्याक्त गरे ।