चोरलाई चौतारो : हाम्रो नेपालमा !! (लक डाउन कविता -३)
लोकतन्त्रको कुरा गर्ने पनि उही,
विधि र विधान मास्ने पनि उही!
घरको मूली पनि उही,
घरमा आगो लगाउने पनि उही!
हाम्रो नेपालमा!
****
भ्रस्टाचारको बिरोधी पनि उही,
भ्रस्टचारीलाई काखमा राख्ने पनि उही!
तस्करीको बिरोध गर्ने पनि उही!
एरपोर्टको सुन घर हुल्ने पनि उही!
हाम्रो नेपालमा!
***
देशभक्त पनि उही,
देशघाती सम्झौता गर्ने पनिउही!
विदेशी हस्तक्षेपको बिरोधमा कुर्लिने पनि उही,
विदेशीसँग लम्पसार पर्ने पनि उही!
हाम्रो नेपालमा!
***
सुशासनको गीत गाउने पनि उही,
कमिसन सिन्डिकेटको मालिक पनि उही!
आदर्श राजनीतिको कुरा गर्ने पनि उही,
हनुमानगिरी चलाउने पनि उही!
हाम्रो नेपालमा!
**
उही धामी!
उही झाँक्री!
चोरलाई चौतारो !
हाम्रो नेपालमा!
***




















